Sunday, February 01, 2015

विश्व कप र एसिया कप छनोटका लागि राष्ट्रिय

प्रधानमन्त्री र प्रचण्डवीच भेटघाट
adfadfasdfasd published at: saturday-march 05-2015
Fig1. - A view of the image taken information

काठमाडौँ, २२ फागुन । सन् २०१८ को विश्वकप र २०१९ को एसिया कप छनोटअन्तर्गत पहिलो चरणका खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कम्प्लेक्समा शुक्रबार एक कार्यक्रमबीच राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ज्याक स्टेफानोव्स्कीले तीन गोलरक्षक, सात–सात रक्षक र मध्यपङ्ति साथै छ अग्रपङ्तिका खेलाडीसहित २३ जनाको नाम घोषणा गरे। नियमित कप्तान सागर थापालाई नै कप्तानीमा निरन्तरता दिइएको छ भने टोलीमा अनन्त तामाङ, दिनेश राजवंशी, अञ्जन विष्ट, विशाल राई, हेमन गुरुङ र रञ्जित धिमाल गरी छजनाले पहिलोपटक राष्ट्रिय टोलीमा अवसर पाएका छन् । अन्य खेलाडीमा विकास कुथू, किरण चेम्जोङ, रितेश थापा, विराज महर्जन, सन्दीप राई, रविन श्रेष्ठ र रोहित चन्द छन् । शिव श्रेष्ठलाई भने पहिलो लिगमा खेलाडी घाइते हुने सम्भावनालाई मध्यनजर गर्दै वैकल्पिकका रुपमा राखेको एन्फाले जनाएको छ ।त्यसैगरी विक्रम लामा, भोलानाथ सिलवाल, राजु तामाङ, जगजित श्रेष्ठ, अनिल गुरुङ, सन्तोष साहुखल, भरत खवास, विमल घर्तीमगर र जुमानु राईले पनि आफ्नो नाम सुरक्षित गरेका छन् । शिव श्रेष्ठलाई भने पहिलो लिगमा खेलाडी घाइते हुने सम्भावनालाई मध्यनजर गर्दै वैकल्पिकका रुपमा राखेको एन्फाले जनाएको छ । नेपालले आफ्नो पहिलो खेल ‘अवे म्याच’का रुपमा गुहाटीमा २२ मार्चमा भारतविरुद्ध खेल्नेछ भने १७ मार्चमा दशरथ रङ्गशालामा ‘होम म्याच’ खेल्नेछ । टोली घोषणा गर्दै प्रशिक्षक स्टेफानोव्स्कीले यसपालीको तयारी राम्रो भएकोले सुखद् नतिजाको अपेक्षा गरेको बताए । टोलीका सहायक प्रशिक्षकको जिम्मेवारी हरि खड्कालाई दिइएको छ भने व्यवस्थापकमा रमेश रायमाझी हुन् । रासस

प्रधानमन्त्री र प्रचण्डवीच भेटघाट

काठमाडौँ, २२ फागुन । सन् २०१८ को विश्वकप र २०१९ को एसिया कप छनोटअन्तर्गत पहिलो चरणका खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कम्प्लेक्समा शुक्रबार एक कार्यक्रमबीच राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ज्याक स्टेफानोव्स्कीले तीन गोलरक्षक, सात–सात रक्षक र मध्यपङ्ति साथै छ अग्रपङ्तिका खेलाडीसहित २३ जनाको नाम घोषणा गरे। नियमित कप्तान सागर थापालाई नै कप्तानीमा निरन्तरता दिइएको छ भने टोलीमा अनन्त तामाङ, दिनेश राजवंशी, अञ्जन विष्ट, विशाल राई, हेमन गुरुङ र रञ्जित धिमाल गरी छजनाले पहिलोपटक राष्ट्रिय टोलीमा अवसर पाएका छन् । अन्य खेलाडीमा विकास कुथू, किरण चेम्जोङ, रितेश थापा, विराज महर्जन, सन्दीप राई, रविन श्रेष्ठ र रोहित चन्द छन् । त्यसैगरी विक्रम लामा, भोलानाथ सिलवाल, राजु तामाङ, जगजित श्रेष्ठ, अनिल गुरुङ, सन्तोष साहुखल, भरत खवास, विमल घर्तीमगर र जुमानु राईले पनि आफ्नो नाम सुरक्षित गरेका छन् । शिव श्रेष्ठलाई भने पहिलो लिगमा खेलाडी घाइते हुने सम्भावनालाई मध्यनजर गर्दै वैकल्पिकका रुपमा राखेको एन्फाले जनाएको छ । नेपालले आफ्नो पहिलो खेल ‘अवे म्याच’का रुपमा गुहाटीमा २२ मार्चमा भारतविरुद्ध खेल्नेछ भने १७ मार्चमा दशरथ रङ्गशालामा ‘होम म्याच’ खेल्नेछ । टोली घोषणा गर्दै प्रशिक्षक स्टेफानोव्स्कीले यसपालीको तयारी राम्रो भएकोले सुखद् नतिजाको अपेक्षा गरेको बताए । टोलीका सहायक प्रशिक्षकको जिम्मेवारी हरि खड्कालाई दिइएको छ भने व्यवस्थापकमा रमेश रायमाझी हुन् । रासस

Top